निजगढ विमानस्थल निर्माण रोकिएपछि बाबुरामको टिप्पणी – ‘देश किन बनेन भनेर बुझ्दैछु'

काठमाडाैं | जेठ १३, २०७९

निजगढ विमानस्थल निर्माण रोकिएपछि बाबुरामको टिप्पणी – ‘देश किन बनेन भनेर बुझ्दैछु'

सर्वाेच्च अदालतले आठ वर्षअघि निर्माण सुरु भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ । 

 

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले दिएको फैसलासँगै निजगढ विमानस्थलबारे अहिलेसम्म भएका सबै प्रक्रिया बदर भएका हुन् । 

 

प्रक्रिया बदर भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमार्फत असन्तुष्टी जनाउँदै टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘मैले राष्ट्रिय गौरवका आयोजना सुरु गर्दा काठमाण्डौं–तराई फास्ट ट्रयाक र निजगढ विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिए ।’

 

अहिले उक्त आयोजना रोकिँदा देश किन बनिरहेको छैन भन्ने बुझ्न थालेको उनको आशय छ । आयोजना रोकिएकोप्रति उनले कटाक्ष गर्दै लेखेका छन्, ‘आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ ! लज्जित छु।'

 

२०७६ फागुन २२ देखि सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुँदै आएकामा गत वैशाख १३ मा बहस सकिएको थियो । सर्वोच्च अदालतले थप एक महिना लगाएर बिहीबार फैसला सुनाएको हो ।

 

स्रोतका अनुसार अहिलेसम्म मूलत: दुई विषयमा मात्रै इजलासमा एकमत छ । ‘पहिलो– अहिलेसम्म भएका निर्णय खारेज गर्ने, दोस्रो– कानुनबमोजिम उचित विकल्प खोज्न सरकारलाई परमादेश दिने ।’ तर, त्यसको व्याख्या भने न्यायाधीशहरूले नै फरक–फरक गर्ने सम्भावना रहेको बुुझिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्